आर.के.चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवान प्रहरी चौकी अगाडि दुई वटा मोटरसाइकल एकआपसमा ठोक्दिा चार जना घाइते भएका छन् ।ग २ प ६१४ नम्बरको मोटरसाइकलाई ना १५ प ९१४१ नम्बरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा चार जना घाइते भएका हुन् ।९१४१ नम्बरको मोटरसाइकलमा वीरगन्ज महानगरपालिका वडा नं. २२ जगरनाथपुरका १७ वर्षका अलीराज मन्सुरी, १९ वर्षका सरफ राज र १८ वर्षका सोनी सवार थिए भने ६१४ को मोटरसाइकलमा रामकुमार दास थारु सवार थिए ।दुर्घटनाबाट थारुको दायाँ खुट्टा भाचिएको छ । घाइते चार जनाहरुलाई उपचारको लागि वीरगञ्ज पठाइएको छ ।९१४१ नम्बरको मोटरसाइकल पटेर्वासुगौली गाउँपालिका वडा १ को चार कोसे झाडी जङ्गलमा भाथामा लाग्ने श्रावणी मेला र ६१४ नम्बरका मोटरसाइकल अरनिकल टेक्सटाईल परवानीपुरबाट काम गरे घरतर्फ आउने क्रममा दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here