बारा र पर्सामा स्थानीय प्रशासनले दुई दिनअघि एक सार्वजनिक अपील जारी गर्दै स्वास्थ्यका सबै मापदण्डहरु पालना गर्न आग्रह गरेको छ । बारा र पर्सा सहितका लगभग सबै जिल्लामा यो आग्रह गरिएको छ तर यसको प्रभावकारी कार्यान्वयनको सवालमा भने चिन्ता जनाइएको छ । पछिल्लो समय कोरोनाको त्रास ह्वात्तै बढेको छ । बारा र पर्सामा पनि कोरोनाको जोखिम उच्च छ । चिकित्सकहरुको भनाइलाई आधार बनाउने हो भने त वीरगन्जको अवस्था भयाभह नै छ हुने पनि छ ।

यस्तो अवस्थामा प्रहरी बाटोमा लौरो लिएर मास्क लगाऊ भनेर अम नागरिकहरुलाई भन्न परिरहेको छ । मास्क लगाउने कुरा प्रहरीको चासोको कुरा होइन अथवा प्रहरीका लागि पनि होइन । स्वमय् आफ्नो स्वास्थ्यका लागि मास्क लगाउने हो । मास्कको विषयमा पनि धेरै कुरा भन्ने गरेको पाइन्छ । वास्तवमा मास्क आवश्यक छ । र यो घरमा पनि बनाउन सकिन्छ त्यसैले यसमा अटेरी नगरौं । अनि विद्यालय संचालनको सवाालमा पनि अटेरी गर्नु भएन । हो, कोरोनाका कारण विद्यालयहरु बढी मारमा परेका छन् र बालबालिकाहरुको भविष्य पनि अन्यौलमा परेको छ । यद्यपि अब घरबाट बिभिन्न माध्यम अपनाएर पढाउनु पर्छ । अत ः अटेरी गर्न चाहि छाड्नु पर्दछ । कोरोनाविरुद्ध सबै एकजुट भएर जुध्नु पर्दछ ।

Leave a Reply