सिमरा,कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ११ स्थित घट्टेपाखामा बुधबार बिहान भएको ट्रक दुर्घटनामा वीरगञ्जका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा वीरगञ्ज महानगरपालिका ३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३३ वर्षीय ट्रक चालक कृष्ण गम्भीर घाइते भएका छन् ।यादवलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । वीरगञ्ज काठमाडौंतर्फ जाँदै गरेको ना८ख ८७६० नम्बरको मालबाहक बिहान करिब ३ बजे ट्रक दुर्घटना भएको हो ।

Leave a Reply