बिदुर खडका,डुमरवान,डमरवाना विकास मंञ्च बाराले डुमरवानमा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगितामा बाराको बिसनपुरवा क्लबले प्रथम स्थान हासिल गरेको छ । जितसंगै विसनपुरवाले ६० हजार नगद सहित ट्रफी प्राप्त गरेको छ ।

प्रदेस नम्बर २ र ३ का भलिबल टिमहरु सहभागी रहेको प्रतियोगितामा महिला पुरुष उत्थान केन्द्र बाराले व्दितिय स्थान हासिल गरी ४० हजार नगद र ट्रफी हात पारेको प्रतियोगिता संयोजक जितेन्द्र चौधरीले जानकारी दिनुभयो । आइतबार प्रतियोगिताको फाइनल खेल भएको हो । गत फागुन २६ गतेबाट सुरु भएको प्रतियोगितामा सर्हाही, माहोत्तरी, सप्तरी, सिराहा, रौतहट र बारा जिल्लाका गरी १३ वटा टिमको सहभागिता रहेको थियो । विजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो ।यसैबीच रौतहट संवाददताका अनुसार
पहिलो गैडाटार कोल्ड कप २०७७ को उपाधि थारु ११ रौतहटले जितेको छ । गत फागुन २२ गतेबाट शुरु भएको गैडाटार गोल्ड कपको शनिबार उपाधिका लागि भएको खेलमा आयोजक कछडिया समाज युवा क्लव गैडाटारलाई २—० गोल अन्तरले पराजित गर्दै थारु ११ विजयी भएको हो । थारु ११ का लागि पहिलो गोल अविनास खड्काले गर्नु भएको थियो । खेलको इन्जुरी समयमा विदेशी खेलाडी म्याक्स वेलले दोस्रो गोल गरेसँगै २—० गोल अन्तरमा थारु ११ विजयी भएको हो । प्रथम हुने क्लवले नगद ५० हजारसहित ट्रफी प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छ भने दोस्रो हुने क्लव कछडिया समाज युवा क्लव गैडाटारले नगद २५ हजारसहित टफी प्राप्त गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष बोझनाथ देवकोटाले पुरस्कार वितरण गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here