बारा
१० फागुन २०७७
जितपुर स्थीत एक उद्योगमा गएरातीबाट लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको आरती सोप एण्ड भेजिटेबल (तेल)उधोगमा आगलागी भएको हो । विधुत सर्ट भई आईबार साँझ करिब ७ बजेबाट उद्योगमा लागेको आगो सोमबार विहान करिब ११ बजे नियन्त्रणमा आएको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए ।
विरगंज महानगरपालिका सहित विरगंजका ३ वटा, हेटैडा महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज लगाएत बारा र पर्साका गरी करिब ८ वटा वारुणयन्त्रको सहयोगमा आगोलागीलाई नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र साहीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायतको टोलिले आगो नियन्त्रणमा ल्याएका हुन् ।
उद्योगपति श्याम मुलैयाले संचालन गरेको उधोगले तेल तथा साबुन उत्पादन गर्दै आएको छ । तेल उत्पादन गर्ने तर्फको कच्चा पदार्थ भण्डारण गृहमा आगलागी भैरहेको सन्चालकले बताएका छन् ।
आगलागीबाट करिब ३ करोड मुल्य बाराबरको कच्चा तथा तयारी सामान जलेर नष्ट भएको उद्योग श्रोतलाई उद्रित गर्दै प्रहरी प्रमुख उपरिक्षक शाहीले बताए ।