राजन कुमार बानिया
पोखरिया – पर्साको पकहामैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसियाले शनिबार गाउँपालिकाका सुत्केरी महिलाहरुलाई पोषण समाग्री वितरण गर्नुभएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रममा गाउँपालिकाको पाँच वटै वडाका सुत्केरी महिलाहरुलाई पोषण समाग्री वितरण गरिएको गाउँपालिका स्वास्थ्य संयोजक संजय यादवले जनाउनुभयो ।
सो अवसरमा सुत्करी आमा र शिशुहरुलाई हर्लिक्स, दाल, चना र सरसफाइको लागि डिटोल साबुनसमेत वितरण गरिएको पकामैनपुर स्वास्थ्य चौकीका प्रमुख राजिव कर्णले जानकारी दिनुभयो । पोषण समाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष मदन साह, स्वास्थ्यकर्मी संगिता थापालगायत महिला स्वमसेविका र स्थानीय महिलाहरुको सहभागिता रहेको थियोे । 

Leave a Reply