कलैया,ईलाका प्रहरी कार्यालय सिमराले शनिवार १६० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
बरिष्ट प्रहरी हवल्दार बिनयकुमार सिंहको कामाण्डमा खटिएको टोलीले साँझ ५.३५ बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जगदम्बा स्टिल प्रा.लि.को पछाडिबाट अमलेखगंजबाट जीतपुरतर्फ जादै गरेको ना.२ ह १२०५ नम्बरको अटोबाट सो परिणामको मदिरा नियन्त्रणमा लिएको हो ।
प्रहरीले मदिरासहित अटो र अटो चालक अमलेखगंज बस्ने अन्दाजी वर्ष २३ को अमित घलानलाई पनि नियन्त्रणमा लिएको छ ।















