दुष्यन्त चौधरी
कलैया, १४ कार्तिक । तस्करीको लाईन मिलाई दिने भनी घुस रकम लिईरहेको अवस्थामा प्रहरी चौकी गंजभवानीपुरका प्रहरी नायब निरिक्षक जाटाशंकर साह कलवारलाई अख्तियार दुरुपयोग अनुसंधान कार्यालय हेटौडाले रंगेहात पक्राउ गरेका छन् । हेटौडा कार्यालयबाट खटेको टोलीले प्रहरी चौकी गंजभवानीपुरका प्र्रमुख प्रहरी नायब निरीक्षक कलवारलाई ६० हजार घुस रकम सहित रंगेहात पक्राउ गरेका छन् ।

एक जना कपडा व्यापारीसंग प्रहरी नायब निरीक्षक कलवारले घुस रकम लिई रहेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट अख्तियारको टोलीले पक्राउ गरेको हो । बिहिबार प्रहरी चौकी गंजभवानीपुरका प्र्रहरी नायब निरिक्षक कलवारले कपडाको अवैध कारोबार गर्न मिलाई दिने भनि एक जना कपडा व्यापारीसंग अवैध रकम लिएको अवस्थामा अख्तियारले पक्राउ गरेका छन् । पक्राउ परेको प्र्रहरी नायब निरिाक कलवारलाई आवश्यक कारवाहीको लागि आयोगको केन्द्रिय कार्यालय काठमाण्डौ पठाइने आयोगले जनाएको छ ।

प्रहरी नायब निरिक्षक कलवार २०६८ सालमा हेटौडाको ईलाका प्रहरी कार्यालय पशुपती नगरमा कार्यरत्त हुंदा बिदामा घर आएका बेला पर्सामा सुन तस्करी बारे गोप्य सूचना थाहा पाएपछि कलवारले डेढ किलो सुन अपचरण गरेका अभियोग लागेका थिए । अभियोग लागेपछि सोहि घटनामा कलवार करिब तिन वर्ष निलम्बनमा परेका थिए । मुद्दा फुकुवा भएपछि कलवाल पूर्ण बहालमा फर्किएका थिए ।

कलवारलाई जिल्ला प्रहरी कार्यालय बाराले पनि २०७२ सालमा कार्वाही गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाराका तत्कालिन प्रहरी उपरिक्षक नरेन्द्र उप्रेतिले कलवारलाई कार्वाही गरेका थिए । बाराको दक्षिण झिटकैयामा कलवार कार्यरत्त हुंदा प्रहरीलाई नै सयकडा १० प्रतिश्तको हिसाबले ब्याजमा रकम लगानी गरेको कुराले कार्वाही परेका थिए । प्रहरीले व्यपार गर्न नसकिने प्रावधान रहेकाले कलवारलाई १७ थुनामा समेत राखेका बारे जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here