वीरगञ्ज,वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लाल पर्सामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई वडा समितिको कार्यालयले स्विटर र टोपी वितरण गरेको छ ।वडा अध्यक्ष मनोजकुमार यादवको अग्रसरतामा विद्यालयको कक्षा १ देखि १० सम्मका सात सय जना विद्यार्थीलाई जाडोमा लगाउने स्विटर र टोपी वितरण गरिएको हो । विद्यालयमै आयोजित कार्यक्रममा वडा अध्यक्ष यादवले विद्यार्थीलाई स्विटर र टोपी वितरण गर्नुभएको थियो ।आफूले चुनावका बेला गरेको वाचा अनुसार विद्यार्थीलाई जाडोमा लगाउने स्विटर र टोपी वितरण गरेको वडाध्यक्ष यादवले बताउनुभएको छ ।

Leave a Reply