बिदुर खडका

डुमरवाना, ३ भदौँ– बाराको जितपुरसिमरा उपमहानगरपालिकाका युवाहरु केही समययता सामाज सेवाको कार्यमा अग्रसर हुन थालेका छन । स्थानीय युवाहरु गाउँघरमा हुने तडकभडक सास्कृति विपरित दीनदुखीको उपकार र उद्धारमा लाग्न थालेका हुन ।

समाज सेवामा लागेका युवाहरुको पछिल्लो पङ्गतिमा उदाहरणीय बन्नुभएको छ सिमराकलेज प्रमुख– सालिकराम अधिकारी । कलेजप्रमुख अधिकारीले आफनो जन्मदिनको अवसरमा मंगलबार विपत्तिमा परेका दीनदुखीहरुको सहयोगमा राहत समाग्री वितरण गर्नुभएको छ । उहाँले गत महिना सिन्धुपाल्चोकको बाह्बिसे पहिरोमा परेर ज्यान गुमाएका सिमराका ५ जना युवाहरुको परिवारका सदस्यलाई खाद्यान्न सहयोग गर्नु भएको हो । सिमराको सुकुम्बासी वस्तिमा बसोबास गर्दै आएका मृतक परिवारका सदस्य र अर्का एक जना क्यान्सर पिडित परिवारलाई पनि क्याम्पस प्रमुख अधिकारीले चामल, दाल, तेल, गेडागुडीलगायतका खाद्यान्न सामाग्री वितरण गर्नु भएको थियो ।

राहतमा खाद्यान्न सहयोग पाएपछि पडित परिवारका सदस्य पनि खुसी भएका छन । पिडित परिवारका सदस्यहरुले मानवीयताको नाताले सहयोग गरेकोमा अधिकारी परिवारप्रति धन्यवाद पनि दिएका छन । अधिकारीले जस्तै अन्यले पनि समाजसेवाको भावना राखेर काम गर्न सके सुन्दर समाज निर्माणमा मद्दत पुग्ने प्रतिक्रिया दिएका छन ।

पहिरो पिडित परिवारमा खाद्यान्न सामाम्री वितरण कार्यक्रममा क्याम्पस प्रमुख अधिकारीले अन्यलाई पनि जन्मदिनको अवसरमा केक र चेक काटेर फजुल खर्च नगर्न अनुरोध गर्नुभयो । उहाँले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु भन्दा विपदमा परेकाहरुको उद्धार र दीनदुखीको सेवामा लाग्न सबैमा आग्रह गर्नुभयो ।

अधिकारीले वितगत १० बर्षदेखि आफ्नो जन्मदिनको अवसरमा असाहय र समस्यामा परेका परिवारको उद्धार गरेर जन्म दिन मनाउदै आउनु भएको छ ।
फोटो पनि छ ।

Leave a Reply