हेटौंडा – निजी तथा अआवसीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको कोरोना भाइरस विपद् कोषमा २ लाख एक हजार रुपैँया सहयोग उपलब्ध गराएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्नको लागि देश लकडाउनको अवस्थामा रहेको भन्दै प्याब्सन मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलाई सहयोग रकम उपलव्ध गराएको हो ।

 

 

 

उपमहानगरपालिका मार्फत समस्यामा परेका ब्यक्तिाई राहत उपलब्ध गराईउनको लागि प्याप्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदीले मेयर महत, उपमेयर मिना कुमारी लामा, लगायतकालाई रकम उपलव्ध गराउनुभयो । उपमहानगरपालिकाले आजै विपद् कोषमा रकम जम्मा गरेको छ । प्याब्सनले उपमहानगरपालिकाले बनाएको मापदण्ड अनुसार राहत वितरण गर्न आग्रह गर्दै आज उपमहानगरपालिका मेयर महतलाई उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम कोषमा जम्मा गरेर कोरोना प्रभावित परिवारलाई राहत वितरण गर्ने मेयर महतले वताउनुभयो । कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य मदनकुमार दाहाल, प्याप्सन मकवानपुरका सचिव नविन केसी, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, नगर अध्यक्ष राजकुमार नहकी लगायतकाको उपस्थित रहेको थियो ।

 

 

प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सहयोग रकम जम्मा गरेको छ । कार्यालयले कोषको लागि मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यलयका कर्मचारीहरुबाट ७ लाख ६४ हजार ७७ रुपैयाँ बिहिबार कोषको खातामा जम्मा गरेको हो ।

 

 

 

 

 

मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारीको तर्फबाट ५ लाख ९० हजार २ सय ३३ रुपैया, कार्यलयका कर्मचारीहरुको तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ रुपैयाँ जम्मा गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका लेखा अधिकृत देबिप्रसाद गौतमले जानकारी दिनुभयो । यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारहरुको एक महिनाको सुबिधाबापतको रकम र कर्मचारीको पद अनुसार ३,५ र ७ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको थियो । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १३००५०३०००००२ मा रकम जम्मा गर्न सकिने लेखा अधिकृत गौतमले बताउनुभयो ।

Leave a Reply