कतिपय अवस्थामा साना देशहरुको पनि गल्ती छैन भन्न नसकिएला तर ठुला र विश्वका शक्तिशाली देशहरु जति कतिपय विषयमा जिम्मेवार छन त्यसको तुलनामा साना देशहरु कमै छन ।हालै भारत र पाकिस्तानकाबीचमा लडाइ भयो । थोरै दिन भएपनि लडाइ भयो तर त्यसले कसैलाई पनि फाइदा भएन र दुबै देशलाई घातक बनायो । यद्यपि युद्ध लामो समय भएन र यसले दुबै देशलाई फाइदा भयो । यसमा पनि भारतको एक किसिमको दादागिरी नै थियो । तर, पाकिस्तानले पनि आतंकवादी पालेको भन्ने कुरामा ऊ पनि खासै जवाफदेही चैं भएन ।

अब तीन वर्षभन्दा लामो समयदेखि रुस भन्ने देशले उता युकेन भन्नेलाई आक्रमण गरेर त्यो देशलाई अस्तब्यस्त बनाइदियो । यसको असर विश्वमा समेत देखियो । अहिले पनि एक खालको समस्या छ नै । रुस ठुलो देश भएकाले उसले सानो देशमाथि दादागिरी नै देखाएको हो । अमेरिकाहरुले सहयोग गरेपनि त्यो निश्चल रहेन । युक्रेन भन्ने देशले हप्कीधप्की झेल्न परेकै हो ।अब अहिले आएर इजरायलले इरानमाथि आक्रमण गरेको छ अनि अमेरिका पनि मिसिएको छ । यी दुबैको दादागिरी हो । साना देशहरुमाथि उनीहरुको ज्यादती हो । कसले उनीहरुर्लाइ ठेगान लगाउन सक्छ र ? एक मुस्लिम देशमाथि इजरालीहरुको आतंक कामय छ । अनाहकमा नागरिकहरुको ज्यान गइरहेको छ । यसरी नागरिकमाथि कत्लेयाम गरिनु ठीक होइन । तर को बोल्ने ?

Leave a Reply