निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर– ११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा चपुर गैडाटार– ८ रौतहट आयोजक रतनपुर ‘बि’ लाई ४÷० ले पराजित गर्दैै सेमिफाइनलमा प्रवेश गरेको छ ।रौतहटको लागि कारण श्रेष्ठले १३औं मिनेटमा १ गोल गरेका थिए । त्यस्तैगरी पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओम धामीले ४८औं मिनेटमा अर्को १ गोल गरेर टोलीको अग्रता दोब्बर बनाए । धामीले ६२औं मिनेटमा पुनः गोल थपेरका थिए ।खेलको अन्तिम समयमा रौतहटका राजु पहारीले गोल गर्दै टोलीलाई ४-० गोलको अन्तरले विजयी बनाए ।
रौतहटले यसपटक फ्याफुल्ला नकाउटमा रतनपुरसंग बेहोरेको पराजयको बदला लिएको छ । निजगढ– १३ को डम्बरपुरमा विजया दशमीको अवसरमा २ साताअघि भएको फ्याफुल्ला नकाउट प्रतियोगितामा रतनपुर रौतहटलाई १÷० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।जितसंगै रौतहटले फाइनलको लागि अब वीरगञ्ज युनाइटेडसंग प्रतिस्पर्धा गर्ने छ । सो खेलको प्ले अफ दि म्याच रौतहटका ओम धामी घोषित भएका छन । धामीलाई निजगढ नगरपालिका वडा नम्बर ११ का पुर्ववडा अध्यक्ष प्रेमबहादुर रुम्बाले ट्राफीसहित नगद एक हजार हस्तान्तरण गर्नुभएको थियो ।त्यस्तैे वुधवार दिनको २ बजे योङ्ग स्टार फुटबल क्लब निजगढ– १० लाल र आयोजक ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply