कृपा, निजगढ, साउन ५– निजगढ नगरपालिकाको सहयोगमा रेडियोमार्फत सिकाइ शिक्षण क्रियाकलाप शुरु गरिएपछि निजगढ नगरपलिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरु लाभान्वित भएका छन । कोरोना भाइरस कोभिड १९ र जारी लकडाउनका कारण विद्यालय बन्द भएर लामो समयदेखि पढन नपाएर समस्यामा परेका बालबालिकाहरु रेडियोबाट पढाइ हुन थालेपछि लाभान्वित बनेका हुन । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी रोहन प्रजा रेडियोबाट शिक्षकहरुले राम्ररी बुझाएर पढाउने गरेको बताउछन । उहाले घरमै बसेर रेडियो सन्दा पनि कक्षा कोठामै बसेर पढे जस्तै लाग्ने गरेको बताउनुभयो । निजगढ नगरपालिका, रेडियो निजगढ १०७.२ मेगाहर्ज र रेडियो मध्य तराइको सहकार्यमा गत असार १६ गतेदेखि नगरभित्रका सामुदायिक विद्यालयको कक्षा ५, ८ र १० का विद्यार्थीहरुको सिकाई क्रियाकलापमा मद्दत गर्ने उदेश्यले रेडियो स्कुल कार्यक्रम संचालन हुदै आएको छ । हाल नेपाली, अग्रेजी, विज्ञान र सामाजिक शिक्षा विषयको पाठ्यक्रममा आधारित भई सिकाई शिक्षण क्रियाकलाप संचालन हुदै आएको छ । रेडियो स्कुल कार्यक्रम शुरु भएपछि स्थानीय अभिभावकहरु पनि खुसी देखिएका छन । लामो समयदेखि विद्यालय बन्द हुदा बाबुनानीहरु पढन नपाएर बिग्रने पो हुन कि भन्ने चिन्तामा परेका अभिभावकहरु रेडियोबाट पठनपाठन हुन थालेपछि खुसी बनेका हुन । निजगढ नगरपालिका वडा नम्बर ९ की अभिभावक बबिता श्रेष्ठ आफुले पनि फुर्सदमा सुन्ने गरेको र छोरीलाई पनि रेडियो स्कुल कार्यक्रम सुन्न बेलाबेलामा सम्झाउने गरेको बताउनुहुन्छ । निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उत्तम लामिछाने पनि कार्यक्म उपयोगी रहेको बताउनुहुन्छ । कोभिड १९ का कारण विद्यालयमा गएर सिकाइ शिक्षण क्रियाकलाप संचालन गर्न असम्भ भएको वर्तमान अवस्थामा बालबालिकाको सिकाई शिक्षण कार्यमा पारेको असरलाई न्युनीकरण गर्न बैकल्पिक प्रणालीव्दारा सिकाई शिक्षण क्रियाकलाप संचालन गरिएको उहाले बताउनुभयो । कार्यक्रमअन्तरगत सामुदायिक विद्यालयका शिक्षकहरुले रेडियो स्टेशनमा रेकर्ड गरेको श्रव्य सामाग्री हरेक दिन बिहान ८ देखि ९.३० बजेसम्म र दिउसो २.३० देखि ४ बजेसम्म दुबै रेडियोबाट एकैपटक प्रशारण हुदै आएको छ । यसैबीच निजगढ नगरपालिकाले नगरभरीका २७ ओटा सामुदायिक बिद्यालयहरुलाई एकएक थान एलइडि टिभि र स्मार्ट बोर्ड वितरण गरेको छ । एक कार्यक्रमकाबीच निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवि लामिछाने, प्रमुख प्रशाशकीय अधिकृत विशकसेन ढकाल र शिक्षा शाखा प्रमुख उत्तम लामिछानेलगायतले बिद्यालयका प्रधानाध्यापकहरुलाई एक ÷एक थान एलइडि टिभि र स्मार्ट बोर्ड हस्तान्तरण गर्नुभएको थियो । सूचना तथा संचार प्रविधिको क्षेत्रमा बालबालिकाको पहुँच अभिबृद्धि गरी शैक्षिक गुणस्तर कायम गर्ने उद्देश्यले सो सामग्रिहरु वितरण गरिएको शिक्षा शाखा प्रमुख उत्तम लामिछानेले बताउनुभयो ।

Leave a Reply