पुष्पराज खतिवडा
मनहर्वा, १८ कार्तिक– उपकरण अभावमा बारामा प्रहरीले सवारी चालकको मुख सँुघेर मादक पदार्थ सेवन (मापसे) चेक गर्दै आएका छन ।
पथलैया– वीरगजं सडक निर्माणका क्रममा रहेकाले पछिल्लो समय अध्याधिक सवारी चाप थेग्दै आएको जिल्लाको मानमत–मटिअर्वा सडकमा सवारी सुरक्षार्थ खटिएका प्रहरीले चालकको मुख सुघेरै मापसे जाँच गर्दै आएका हुन । मादक पदार्थ सेवन गरे नगरेको चेक गर्ने मेशिनको अभावमा चालकको मुख सुँघेर जाँच गर्ने गरेको प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरीक्षक रमाकान्तप्रसाद यादवले बताउनुभयो ।
‘कोराना महामारीकाबीच जोखिम मोलेर सवारी चेक जाँच गर्नु पर्ने बाध्यता, उहाँले भन्नुभयो, उपकरण अभावमा जोखिम मोलेरै भएपनि चेकजाँच जारी राखिएको छ ।’ मापसेबाट लापरवाही ढंगबाट सवारी चलाउनेहरुका कारण दुर्घटना बढेको पाइएकाले नियन्त्रणको लागि चेकजाँचमा कडाइ गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय सडक खण्डमा सवारी दुर्घटना पनि बढदै गएका छन ।
सडक सुरक्षाका लागि मापसे चेक गर्ने ब्रेथएनलाईजर, रातिको समयमा अनिवार्य हुने म्याजिक लाईट तथा टल्किने (फोर्ससिट) ज्याकेटसमेत सुरक्षाकर्मीलाई उपलब्ध छैन । रातको समयमा टाढैबाट देखिने ज्याकेट तथा म्याजिक लाईट नहुँदा चालकले सवारी रोक्न नमान्ने गरेको सहायक निरिक्षक यादवले बताउनुभयो ।
सुरक्षा सामाग्रीको अभावबीच पनि यस क्षेत्रमा जनपथ र ट्राफिक प्रहरीले नियमित रुपमा सवारी चेकजाँच गर्दै आएका छन । अभावका बाबजुद पनि नियमित र चुस्त सेवा प्रवाह गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक लाल यादवले बताउनुभयो । ‘हामीसँग टल्किने ज्याकेट मात्रै छ , जनपथसँग त्यो पनि छैन, यादवले भन्नुभयो, सामाग्री माग गरेको धेरै समय भइसक्यो तर अहिलेसम्म पनि आएको छैन ।’ सामाग्री अभावमा पनि सेवामा कमी आउन नदिएको उहाँको भनाइ छ ।
प्रहरीको नियमित उपस्थितिसँगै मापसे गरी सवारी चलाउने, कागजातका विना सवारी प्रयोग, हेल्मेटको नलगाई हिड्ने र दु्रतगति नियन्त्रण भइरहेको ट्राफिक प्रहरी सहायक निरीक्षक यादवले सुनाउनुभयो ।
जिल्ला सदरमुकाम कलैया र पूर्वपश्चिम लोकमार्गकोबीचमा पर्ने बडहर्वामा टाफिक बिटसहितको प्रहरी सुरक्षाको गस्तिले दुर्घटना न्युनीकरणमा सहयोग पुगेको स्थानीय दुर्गा दाहालले बताउनुभयो ।
यता, जिल्ला टाफिक प्रहरी कार्यालय निजगढ बाराका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले प्रहरीसँग सवारी चेकजाँचमा आवश्यक हुने सामाग्री कम रहेको बताउनुभयो । साधन अभावका कारण विभिन्न स्थानमा पालैपालो गरी छड्के चेकजाँच गर्ने गरिएको पनि निरीक्षक थापाले जानकारी दिनुभयो । ‘सावारी दुर्घटना न्यनीकरण गरी मावन जीवनको सुरक्षार्थ अत्यावश्यक सामाग्री सहयोगका लागि स्थानीय निकायहरुसँग समन्वयको काम भैरहेको छ ।’ थापाले भन्नुभयो ।