हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ घर भएकी ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका निर्देशक डाक्बर विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिनुभयो ।