जनकपुरधाम,मधेश प्रदेश प्रदेशमा ९ हजार १ सय ५२ जना प्रहरी समायोजन हुने मधेस प्रदेशका मृहमन्त्री मो.समिमले बताउनुभएको छ ।प्रदेशमा कति प्रहरी समायोजन हुने विषयमा प्रहरी समायोजन ऐनमा नै त्यसको टुंगो लागिसकेको र सो अनुसार मधेस प्रदेशबाट सो संख्यामा प्रहरी समायोजन हुने उहाँले बताउनुभयो ।
चार वर्ष अघि आएको प्रहरी समायोजन ऐन अनुसारमा प्रदेशमा ५४ हजार ७ सय २० प्रहरी प्रदेशमा समायोजन हुने उल्लेख छ । त्यसैगरि प्रदेशको प्रहरी प्रमुखमा डिआईजी रहने छन् । प्रदेशमा डिएसपीदेखि समायोजन हुने छ । त्यसैगरि, प्रदेश प्रहरी कार्यालयमा दुई जना वरिष्ठ प्रहरी उपरीक्षक र एक जना प्रदेश प्रहरी तालिम केन्द्रमा वरिष्ठ प्रहरी उपरीक्षकको व्यवस्था गरिएको छ । संघिय सरकारले माघ महिनाभित्रै प्रहरी समायोजन प्रक्रियाअगाडि बढाउने तयारी गरेको छ ।

















