राजन कुमार बानिया

पोखरिया – पर्सा क्षेत्र ४ का (ख) का प्रदेश सभा सदस्य सिंगासन साह कलवारले एक कार्यक्रमका बिच कोरोना संक्रमन हुन सम्भावीत जोखिमबाट बचाउनको लागि आफ्ना क्षेत्रका ५ वटा क्वारेन्टाइनमा रहेका लागि स्वास्थ्य समाग्री र खाने फलफुल स्याउ र बिस्कुट बितरण गर्नु भएको छ । कोरोना बिरुधको लडाईमा आफ्नो महत्वपूर्ण योगदान दिदै आफ्नो ब्यक्तिगत खर्चबाट प्रदेश सभा सदस्य कलवारले शनिबार पर्साको धोबिनी गाउँपालिकामा रहेको श्री काली प्रसाद लाखे माध्यमिक बिधालयमा रहेको क्वारेन्टाइन २४ जना लाई , छिपहरमाई गाउँपालिका श्री मंगल माध्यमिक बिधालय भिस्वा, नेरा प्राबी तुल्सिवर्वा, नेरा प्राबि बुढगाईको क्वारेन्टाइनमा रहेको १०४ जना र कालिकामाई गाउँपालिकाको हरिहरपुरमा रहेको क्वारेन्टाइनका १८ जना गरि १ सय ४६ जनालाई ब्यक्तिगत बचावको लागि र कोरोना संक्रमण हुने सम्भावीत जोखिमबाट बचनको लागि मास्क,सेनिटाईजर, साबुन र खाने स्याउ,बिस्कुट बितरण गर्नुभएको छ ।

 

 

 

साथै क्वारेन्टाइनमा चेकजाँचको लागि स्वास्थ्यकर्मीहरुको लागि पिपिइ सेट र थर्मल गन र सेनिटाईजर बितरण गरिएको प्रदेश सांसद कलवारका स्वकीय सचिव दिपेन्द्र साहले जनाएका छन् । प्रदेश सांसद कलवार आफ्ना क्षेत्रमा रहेको पाँच वटा क्वारेन्टाइनमा गई क्वारेन्टाइनमा रहेका जनताहरुसंग समाजिक दुरी बनाई भेटघाट गरि समाग्रीहरु बितरण गर्नुको साथै बिश्वब्यापी महामारीको रुपमा फैली रहेको कोरोना भाईरसबाट वचनको लागी सुरक्षाको साथै सतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो ।

 

 

 

 

साथै गाउँपालिका स्वास्थ्य संयोजकहरुलाई स्वास्थ्य समबन्धी समाग्री क्वारेन्टाइनको लागी बितरण गर्नु भएको थियो ।क्वारेन्टाइनमा स्वास्थ्य र खाने समाग्री बितरण कार्यक्रममा समाजबादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, नेपाल निर्माण ब्यवसायी संघ पर्साका बरिष्ठ उपाध्यक्ष दिभाकर पटेल, प्रेस फोरम पर्सा अध्यक्ष आरके पटेल, शिवशंकर चौरसिया, सचिन सिंह, धोबिनि गाउँपालिका स्वास्थ संयोजक संजय कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply