पुष्पराज खतिवडा

मन्हर्वा –  स्थानीयवासीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले कुटाकुट गरेपछि विश्रामपुर गाउँपालिका–४, बलिरामपुरमा मंगलबार विहान तनाव भएको छ । झडपमा नेपालका १२ जना घाईते भएको विश्रामपुर–४,का वडाध्यक्ष मदन यादवले जानकारी दिए । एसएसबीका जवानले खेतमा काम गरिरहेका विश्रामपुरका छोटेलाल साहलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो । दशगजा नजिकै रहेकोे खेतमा काम गरिरहेका साहलाई मंगलबार बिहान एसएसबीका जवानले कुटपिट गरेपछि तनाव सिर्जना भएको उनले बताए ।

 

 

एसएसवीका जवानले साहलाई कुटेपछी स्थानिय प्रतिकारमा उत्रिएका थिए । एसएसविसँगको विवाद बढेर दुवै देशका स्थानियका विचमा झडपको स्थीती पैदा भयो । झडपमा नेपालका छोटेलाल साह, असोक साह, पिनारायण साह, राजु महतो, कमलेश ठाकुर, कनिल पास्वाल लगायत ११, १२ जना घाईते भएका छन् । स्थानिय अशोक साहको टाउकोमा चोट लागेको छ । अन्यको शरिरमा सामान्य चोट छ । घाईते सबैको स्थानिय स्वास्थ्य संस्थामा उपचार भई घर पठाईएको वडाअध्यक्ष यादवले जानकारी दिए ।

 

 

विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पालका अनुसार दिनभर सिमा क्षेत्रमा सक्रिय हुने नेपाल भारत दुबै देशका शुरक्षाकर्मी साँझ परेपछी पैसामा विक्ने गरेका छन् । उनीहरुको लापरवाहीका कारण पटकपटक विवाद हुँदै आएको छ । यो घटना पनी त्यसै मध्यको एक हो । रातको समयमा कुनै किसिमको रोकतोक छैन । शुरक्षाकर्मीलाई पैसा दिनेहरुका लागि रातभर सिमा खुल्लै रहने गरेको छ,अध्यक्ष पालले बताए । शुरक्षा निकायका प्रमुखहरुसँग यस विषयमा कुरा गर्दा बेवास्ता गर्ने गरेको उनले गुनासो छ । घरेलु मदिरा ओसार पसारमा सक्रिय समुहबाट यस अघि समेत विवाद भएको उनले बताए ।

 

 

 

सीमा क्षेत्रका एक यूवा पारि भारततर्फ जाने क्रममा सोमबार साँझ एसएसवी जवानबाट कुटीएछन् । सोको प्रतिकारमा तीयूवाले आफन्त साथीभाईको सहयोगमा एसएसवी जवानमाथी हात हाले । सोको बदलामा पुनः एसएसवीले मंगलबार विश्रमपुरका साहलाई कुटपिट गरेपछी विवाद भएको हो ।

 

 

यूवा र जवान विचको विवाद दुवै देशका स्थानियमा समेत सरेपछी सामान्य झडप हुँदा नेपाल तर्फका ३,४ जना सामान्य घाईते भए । उनीहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भई घर फर्किएका छन् । ठूलो संख्यामा दुवैतर्फका सुरक्षाकर्मी परिचालन भई स्थीती नियन्त्रणमा लिने काम भएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । विवाद बढ्न पाएन । हाल त्यहाँको अवस्था सामान्य भएको उनले बताए ।

Leave a Reply