प्रदेश नम्बर दुई धेरै हिसावले महत्वपूर्ण छ । खासगरी पर्यटन प्रवद्र्धनका दृष्टिकोणले हेर्ने हो भने प्रदेश नम्बर २ मा धेरै यस्ता स्थानहरु छन् जसले प्रदेशकै गरिमा पनि बढाउन सक्छ र पर्यटन प्रवद्र्धनका लागि राम्रै टेवा पुग्ने गर्दछ । ंप्रदेश २ मा अहिले आफ्नै सरकार छ । स्थानीय स्तरमा समेत सरकार छन् । उनीहरुले आफ्नो काम पनि गरिरहेका छन् तर स्थानीय स्तरबाट नै पर्यटन प्रवद्र्धनका लागि भने ठोस योजना बनाएको देखिदैन । स्थानीय सरकारले अब यस बिषयमा नीति बनाउन आवश्यक छ ।अहिले तत्कालका लागि यो संभव नभएपनि कोरोनाको त्रासपछि भने अगाडि बढाउनु पर्दछ ।
प्रदेश २ का हरेक स्थानीय तहमा कुनै न कुनै प्रकार पर्यटकीय स्थलहरु छन् । उनीहरुको प्रचार र प्रवद्र्धन गर्न सकियो भने मात्रै पनि आन्तरिक र बाहिरी पर्यटकहरु आफ्नो क्षेत्रमा प्रवेश गराउन सकिन्छ र केही रकम समेत कमाउन सकिनेछ । यस तर्फ ध्यान दिन ढिला भइसकेको छ । बाराको सिम्रौनगढ क्षेत्र आफैमा ऐतिहाँसिक र पर्यटकीय स्थान हो त्यसको समेत प्रचार प्रसार र प्रवद्र्धन हुन सकेको छैन । त्यसैले पनि यस्ता पर्यटकीय स्थानहरुको पहिला परिहान हुन आवश्यक छ ।
आफ्नो प्रदेशमा पर्यटकहरु भित्राउनका लागि गुरु योजना पनि बनाउन आवश्यक छ । बाराकै धार्मिक स्थल गढीमाई अर्को पर्यटकीय स्थान हो । यसको प्रवद्र्धन गर्न सके मात्रै पनि जिल्लाले राम्रो कमाइ गर्न सक्ने अवस्था छ । तर,प्रदेश र स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाएर नीति बनाउन आवश्यक छ अनि मात्रै आन्तरिक र बाहिरी रुपमा पर्यटन प्रवद्र्धन गर्न सकिनेछ ।कोरोनाको त्रासपछि यसको बिस्तार र ब्यापक बनाउन आवश्यक छ ।