नरेश गुप्ता
बरियारपुर – कोरोना कोभिड १९ को संक्रमणबाट बच्न महागढीमाई वडा न १ को स्थानीयहरुलाई मास्क र साबुन बितरण गरिएको छ । कोरोना कोभिड १९ को संक्रमणबाट बच्न वडा अध्यक्ष सुदामा साह कानुले पन्ध्र सय घरधुरीलाई मास्क र साबुन बितरण गरिएको हो । कोरोना कोभिड १९ को संक्रमणबाट जोगिन वडा अध्यक्ष साहले खाना खानु अघि खाना खाए पछि साबुन पानीले हात मिचिमिची धुन , अनिवार्य रुपमा मास्क लगाउन अभिप्रेरित गर्नु भयो ।
बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना रोकथामको लागि महिला स्वयंसेविकाको निगरानीमा समिति बनाईएको जानकारी दिए । कोरोना कोभिड १९ को संक्रमणबाट बच्न प्रारम्भिक अवस्थामा मास्क र साबुन पानी पहिलो ओखती रहेको वहाले बताए । त्यसैगरी महागढीमाई १ स्थित रहेको गरिब , असहाय , बिपन्न घरपरिवारलाई राहत सामग्री वडा अध्यक्ष सुदामा साहले यस अघि नै बितरण गर्नु भएको थियो ।