कृपा संवाददाता

कलैया – इलाका प्रहरी कार्यालय काेल्हवीका प्रहरी निरिक्षक बालिष्टर सिंहले एक व्यापारीलाइ पक्राउ गरेका छन् । बढी मुनाफा लिएर काेराेना भाइरसकाे माैका छाेपी कृषकहरुलाइ ठगी गर्ने गरेकाे सूचना प्राप्त अनुसार पक्राउ गरेकाे बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए । कोल्हवी नगरपालिका वडा नं. १ कोल्हवी बजार स्थित  बस्ने शम्भु साहले आफ्नै घरभित्र श्री लक्ष्मी बहुमुखि सहकारी संस्था संचालन गरी बिभिन्न किसिमका मल खादहरू कृषि सामाग्री कम्पनी लिमिटेड कलैया तथा साल्ट ट्रेडिङ्ग बिरगंजबाट खरिद गरी ल्याई स्टोर गरी उक्त मल बढी मुल्यमा बिक्री गर्ने गरेको भन्ने जानकारी प्राप्त अनुसार पक्राउ गरेकाे बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गाृतम मिश्रले बताए ।

इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट खटिएको प्रहरी टोलीले  शम्भु प्रसाद साहलाई रू.७००।- मा खरिद गरेको युरिया मल रू.९००।- मा बिक्रि बितरण गरेको  अवस्थामा फेला पारी स्टोर गरी राखिएको युरिया मल १८१ बोरा,  कृषक पोटास ८३ बोरा,  एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरी सोहि स्थानमा सिलबन्दी गरी कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा खरिद गरी ल्याएको मल बढी मुनाफा लिई बिक्रि बितरण गर्ने  साहलाई पक्राउ गरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भई रहेको बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक मिश्रले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here