निजगढ,कोरोना भाइरसको महामारी न्युनीकरणको लागि नगरपालिकाले गाउँ प्रवेसमा रोक लगाएसंगै निजगढ नगरपालिकाको सिंगौलमा अतिआवश्यीक उपभोग्य सामग्रीको मूल्य आकासिएको छ ।
गाँउमा प्रवेश निषेधाज्ञा गर्नुअघि सिंगौलका अधिकांश किराना पसलमा १२० रुपैयामा पाइने खानेतेलको मुल्य अहिले १४० पुगेको छ । खानेतेलमात्र नभई हरियो तरकारीको मुल्य पनि पसलैपिच्छे आफुखुशी बिक्री गर्ने गरेको स्थानीय सन्जु थपलियाले गुनासो गर्नुभयो ।
यसअघि पहिलोपटकको लकडाउनमा पनि सिगौंलमा यसरी नै दैनिक उपभोग्य वस्तुमा चर्को मुल्य भएको थियो । व्यापारीले जथाभावी बढाएको मुल्य नियन्त्रण गर्न सम्बन्धित निकायले चासो नदेखाएको पनि स्थानीयको गुनासो छ । नगरपालिकाले अनुगम टोली बनायर बजार अनुगमन गर्नुपर्ने पर्ने र बढी मुल्य सामग्री बिक्री गर्नेलाई कारबाही गर्नुपर्ने पनि उपभोक्ताहरुको माग छ ।