राजन कुमार बानिया
पोखरिया –  बिश्वब्यापी रुपमा महामारी कोरोना भाईरस फैलिएको ले रोग बिरुद्ध सतर्कता अपनाउन र कलाबजारी रोकथाम गर्न साेमबार पर्साको पोखरिया नगरपालिकामा बैठक बसी बिभिन बिषय मा छलफल गरि पोखरिया बजार लाई अनुगमन गरेका छन् । अनुगमन को क्रममा कालाबजारी ,र म्याद गुजरिएको समान हरु,माछा ,मासुको पसल अब्यवस्थित लाई ब्यवस्थित बनाउने,बजार पसलहरुमा बढी भिड भाड नगरी घरमा बस्ने आग्रह समेत गरेका छन्।

 

 

 

 

 

साथै मदिरा पसल हरु बंद गर्ने र बजार मा रहेको सैलुन हरु समेत बंद गरिने आग्रह समेत गरे भोलि देखि पोखरिया बजार मा रहेको पसल हरु बंद गरिने अनुगमन टोली ले पसल पसल मा गई आग्रह समेत गरेका छन् । पोखरिया नगरपालिकाको मेयर दिपनारायण रौनियारले बिश्वब्यापी रुपमा फैलीएको कोरोना भाईरसबाट वचनको लागि यो अभियान चालिएको बताए ।

 

 

 

मंगलबार देखि पोखरिया नगरपालीकाको जनताहरुलाई घरमा बस्न आग्रह समेत गरेका छन् । मंगलबार देखि पसलहरु बन्द गरिदिन समेत आग्रह गरे। औषधी पसल,फलफुल,खद्यान,दूध,ग्यास पेट्रौलपम्प,संचार ,एमबुलेनस लगायत खुला राखने र अन्य समपुर्ण पसलहरु बन्द गरिदिन आग्रह सकेत गरेका छन् । मंगलबार देखि बन्द गरिदिन अर्को निर्णय नआए सम्म बन्द गरिने निर्णय अनुगमन टोलीले जनाएका छन् ।

 

 

 

 

अनुगमन टोलीमा मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, प्रमुख प्रसाशकिय अधिकृत अमित गिरी, वाडअधयक्ष लक्षमण साह, ईलाका प्रहरी कार्यालय पोखरिया प्रनी चन्द्रसिह,सशस्त्र प्रहरी निरिक्षक हरि बिस्ट,अधिकृत बिजय झा,ब्यपारी एनुल आलम, पत्रकार,लगायत शरु को सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here