जनकपुरधाम,मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा कुर्सी जुलुश प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् ।

जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले मुख्यमन्त्री सतिसकुमार सिंहको राजिनामा समेत मागेका छन् ।मुख्यमन्त्री सिंहले मंगलवार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाउनुभएको थियो । जसको चौतर्फी आलोचना भइरहेको छ ।



















