नरेश गुप्ता
बरियारपुर – बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ३ बाट शनिबार सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार पाँच सय नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ४० बर्षिय ईनामोल र २५ बर्षिय ईसा आलम रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रिको कमान्डमा रहेको एपीएफ टोलीले निजहरुलाई उक्त रुपैयाँ सहित पक्राउ गरेको हो । बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले चेकजाँच गर्दा सो रुपैयाँ फेला पारेको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उल्लेखित ब्यक्तिहरु, सवारी साधन र रकम आईतवार बिरगंज भन्सार कार्यालयमा बुझाईएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिए ।