हेटौंडा – गुणस्तरिय जडिवुटी जागरण दिगदर्शन २०७६ का विषयमा आज हेटौंडामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य क्षेत्रमा तीनै तहका सरकारको चासो आवस्यक रहेको वताउनुभयो ।
स्वाथ्य तथा जनसख्या मन्त्रालय मन्तरगतको आयुरवेद तथा बैकल्पीक चिकीत्सा विभागको आयोजनामा भएको कार्यक्रममा वोल्दै मेयर महतले हेटौंडाको स्वास्थ्य क्षेत्र सुधार उन्मुख भएको वताउनुभयो । स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा राम्रा कामको सुरुवात गरिएको उहाँको भनाई छ ।
यसैबीच हेटौंडा उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष राजेश वाँनियाले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरलाई एम्बुलेन्स खरिद गरि हस्तान्तरण गर्ने भनि खरिद सम्झौतापत्रमा हस्ताक्षर गरि सम्झौता गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यतामा उक्त सम्झौता गरिएको हो ।
मेयर महतले एमुलेन्स खरिदको काम राम्रो भएको वताउनुभयो । सम्झौतापत्रमा दाता राजेश बाँनिया, मेयर महत, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रदेश ३ प्रहरी प्रमुख शेरबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकेश कुमार सिंह र सेवा केन्द्रका अध्यक्ष राम विष्ठले हस्ताक्षर गरेका छन् । वडा अध्यक्ष बाँनियाले आफ्नो हजुरबुबा चेतसिंह बाँनिया र बुबा विरेन्द्रबहादुर बाँनियाको स्मृतिमा उक्त एम्बुलेन्स खरिद गरि दिन लागेको अध्यक्ष बाँनियाले बताए ।