बरियारपुर,बाराको आदर्शकोतवाल गाउँपालिकामा टिपरको ठक्करबाट एक ७ वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार बालिकाका बुवा घाइते भएका छन् । शनिबार राति ना ८ ख ३४५६ नम्बरको टिपरले बुवा छोरी सवार भारतीय बी आर ०५ के ०९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रौतहटको फतुवा विजयपुर नगरपालिका ८ बस्ने ७ वर्षीया बालिका आकृति यादवको मृत्यु भएको छ भने उनका बुवा ३६ वर्षका अजय यादव घाइते भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो । आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ४ ईनर्वामालस्थित हुलाकी राजमार्गमा हरनैयाबाट कलैयातर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपर पल्टिएको थियो । दुर्घटनामा परेर बालिकाको घटनास्थलमै ज्यान गएको मिश्रले बताउनुभयो । दुर्घटनामा घाइते भएका यादवको कलैया अस्पतालमा उपचार भइरहेको तथा टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । बालिकाको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।