सिमरा,सिमरास्थित जगदम्बा स्टील कारखाना अगाडिको सडकमा मोटरसाइकलाई लहरीले ठक्कर दिँदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया बस्ने वर्ष २४ को मनोज मल्लिकको मृत्यु भएको छ ।जीतपुरबाट ना.२० प ७१६४ नम्बरको मोटरसाइकलबाट पथलैयातर्फ आउदै गरेका मल्लिकलाई विपरीत दिशाबाट आउदै गरेको ना.७ ख ४२३७ नम्बरको टेलरगाडी (लहरी) ले बुधवार राति १०.१५ बजे ठक्कर दिएपछि उनी गंम्भीर घाइते बनेका थिए ।घाइते मल्लिकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पठाइएकोमा उपचारका क्रममा उनको राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।मल्लिकले जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा सरसफाइ मजुदरको काम गर्दै आएका थिए ।मोटरसाइकलाई ठक्कर दिने लहरीका चालक बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनी बस्ने वर्ष ३५ का सर्फु आलमलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।

















