अनिल तिवारी
सिमरा  – जीतपुरसिमरा उपमहानगरपालिका २०७७ साल चैत्र मसान्त सम्ममा पुर्ण बालमैत्री पालिका घोषण हुने भएको छ । आईतवार र सोमबार नगरपालिकामा आयोजीत बालमैत्री स्थानीय शासन सम्बन्धि दुई अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै यस पालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

 

 

 

 

 

उहाँले सबैको साथ र सहयोग रहे हामी छोटो समयमा जीतपुरसिमरा उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन सक्ने विश्वास ब्यक्त गर्दै २०७७ साल चैत्र मसान्तको समयलाई अन्तिम समयको रुपमा लिएर सबैले यस अभियानमा सहभागीता जनाउन आग्रह गर्नुभयो ।

 

 

 

 

अभिमुखिकरण कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षकले शर्मिला पौडेलले स्थानिय तहका सबै अंगहरु बलबालिकाको अधिकार सुनिश्चित गराउन, बालाबालिकाको आवाजको सम्मान गर्न, बालाबालिकामा लगानी गर्न र भविश्यमा सक्षम नागरिक तयार गर्नका लागिमार्गदर्शन गर्ने उद्धेश्य सहित यस कार्यक्रमको आयोजना गरीएको जानकारी दिनुभयो ।

 

 

 

 

 

 

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरी, पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज शेढाई, पालिकाका २४ औटै वडाका वडा अध्यक्ष, विभिन्न बाल क्लबका प्रतिनिधीहरु साथै पालिकाका समाजिक विकास शाखामा कार्यक्रम क्रमचारीहरुको सहभागीता रहको समाजकि विकाश साखाका हरिकिशोर साहले जानकारी दिनुभयो ।

Leave a Reply