सिमरा,मातातिर्थ औसीको अवसरमा पथलैयामा रहेको वृद्धाश्रममा खाद्यान्न वितरण गर्दै सिमराका युवाले हाम्रो फाउण्डेशन नामक संस्था संचालनमा ल्याएका छन ।
सामाजिक सेवा गर्ने उदेश्यले स्थापना गरिएको संस्थाको सुरुवात वृद्धाश्रममा खाद्यान्न वितरण गरेर गरिएको हो । वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्यान्न तथा फलफूल वितरण गर्दै युवाहरुले संस्था सुरुवात गरेका हुन् ।
खाद्यान्न वितरण कार्यक्रममा फाउण्डेशनका युवासहित विभिन्न राजनितिक दलका प्रतिनिधि, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक दिनेश खरेललगायत सहभागी थिए । संस्थाले वृद्धवृद्धालाई करिब २५ हजार रकम बराबरको खाद्यान्न तथा फलफूल वितरण गरिएको थियो ।
सोही अवसरमा फाण्डेशनले वृद्धवृद्धासंग केक काटेर मातातीर्थ औसी मनाइएको थियो । फाउण्डेशनका अध्यक्ष सुनोद ढकालले वृद्ध आमाबुवालाई सम्झदै संस्थाको सेवा प्रारम्भ गरिएको बताउनुभयो ।
संस्थामा सिमराका १२ जना युवा सहभागी छन् । फाउण्डेशनका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव समिर लुइटेलले गर्नुभयो ।