कलैया, २० मंसिर ।
बारा सदरमुकाम कलैयालाई मेडिकलको हब बनाउने अभियानमा थप एउटा उर्जा थपिएको छ । कलैया ५ मा पर्ने जिल्ला प्रहरी कार्यालय बाराको पस्छिम पट्टि बालमन्दिर अगाडी सुबिधा सम्पन्न आशिर्वाद हस्पिटल कलैया प्राली को उदघाटन भएको छ ।
नेपाल सुशासन पार्टी का केन्द्रिय अध्यक्ष तथा पुर्व डिआईजी रमेश खरेलले एक कार्यक्रमक बिच रिबन काटेर अस्पतालको उदघाटन गरेका छन । उदघाटन गर्दै खरेलले अस्पतालले यस भेगका जनताको लागि महत्वपूर्ण सहयोग पुग्ने बताउदै डा. साहले बिगतमा पनि सहयोग गरेको उदाहरण भएकाले छिटै सबैको पहिलो रोजाई बन्ने मा आफू आशाबादी रहेको बताए । खरेलले यो अस्पताल देश मा मात्र नभएर छिमेकी भारतको जनताको रोजाई बन्ने खालको सेवा प्रवाह गरोस भनेर कामना गरे । अस्पतालले महिनाको एक दिन भएपनि निशुल्क चेकजांच गर्नुपर्नेमा कार्यक्रमका अध्यक्ष तथा अस्पताल का डाईरेक्टर डा. का पिता समेत रहेका शम्भु साहले उदघोष गरेका छन ।
२४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालको डाईरेक्टर डा.राजेश कुमार साहले जनाएका छन ।डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईने बताएका छन ।
समाजसेवी शम्भु साह कानुको अध्यक्षता तथा नेपाल सुशासन पार्टी केन्द्रिय अध्यक्ष तथा पुर्व डिआजी रमेश खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पताल संस्थापक तथा डाईरेक्टर डा. राजेश कुमार साह,सहायक प्रजिअ कृष्ण प्रसाद आचार्य, बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापा, नेपाल चिकित्सक संघ नारायणीका अध्यक्ष डा.मनोज गुप्ता नेपाल चिकित्सक संघ नारायणी का सचिव डा. नौशाद हक,एकीकृत शक्ति नेपालका केन्द्रिय सचिव नरेश चौलागाई,बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप गुप्ता उर्फ गोल्डेन,सदस्य मुकेश गुप्ता,मनोकामना कलेज का संस्थापक रामबाबु कुश्वाहा,वाईसिएल प्रदेश सदस्य तथा बारा ३ ईन्चार्ज अब्दुलेश अन्सारी, राकेश पाण्डे का·्रेस बाराका युवा नेता राकेश पान्डे,तेक्वान्दो प्रशिक्षक सन्जय साह,समाजसेवी फुलेना सिंह,लगायतका समाजसेवी तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
उदघाटन कार्यक्रमको सन्चालन बाराका सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।


















