अनिल तिवारी
सिमरा – २५ औँ जनयुद्ध दिवसको अवसरमा बाराको जीतपुरका साथै सिमरा र कलैयामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरीएको छ । जनआन्दोलनको सम्झनामा यो कार्यक्रमको आयोजना गरीएको हो । स्थानिय मनोज साहको सभाअध्यक्षतामा सम्पन्न जीतपुरको यस कार्यक्रममा नेकपाका जील्ला सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले जनयुद्धमा लागेकाहरुको योगदानको बलमा आफुहरु यसरी स्वतन्त्र रुपमा आफ्नो अभिब्यक्ति प्रस्तुत गर्न सकेको बताउदै जनयुद्धमा सहादत पाउनेहरुको सपना पुरा गर्न सबै एक भएर अगाडी बढ्नुपर्ने कुरामा जोडदिनुभयो । दिप प्रज्जवलन कार्यक्रममा नेकपाका कार्यसमिति सदस्य मनोज पौडेल, बिरेन्द्र गिरी , कपुर गिरी, नेजारुल असारी, क्यमुदिन असारी, लगायत स्थानिय कार्यकर्ताहरुको उल्लेख्द्यय मात्रामा सहभागिता रहेको थियो ।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्वर ३ को देवकोटा चौक स्थित वडाध्यक्ष जलाउदिन मंसुरको अध्यक्षतामा दिप प्रज्जवलन गरिएको हो । जनयुद्ध तथा जनआन्दोलनमा शहादत भएकाहरुको सम्झनामा दिप प्रज्जवलन गरिएको वडाध्यक्ष मंसुरले बताएका छन । विस २०५२ सालमा तानाशाहि सरकारको विरुद्धमा जनआन्दोलन सुरु गरेका माओवादि तत्कालिन नेकपाले १० वर्ष आन्दोलन पश्चात सरकारमा समावेश भएको थियो ।
कार्यक्रममा बोल्दै देश र जनताको हकहितको लागि कयौ शहादत भए तिनकै सम्झनामा दिपप्रज्जवल गरेको नेकपाका जिल्ला कमिटि सदस्य उमेश कुशवाहाले बताए । तिनका बलिदानी आज खेर नगएको हामीले स्वत अनुभुति गर्न सक्छौ उनले भने । दिप प्रज्जवलन कार्यक्रममा नेकपाका कार्यसमिति सदस्य जलाउदिन मसुर, उमेश कुशवाहा, अखिलका समयोजक राजेश्वर कुशवाहा, दिनेश यादव,रमोद यादव लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।