दुष्यन्त चौधरी
कलैया – नेपाल प्रेस युनियन बारा शाखाको अधिवेशन बुधबार सम्पन्न भएको छ । विगत लामो समय देखि प्रेस युनियन बाराको अधिवेशनलाई बन्धक बनाए राखेका थिए । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिलाई फलामको चुरा चपाउनु जस्तो भएको थियो । निर्वाचन समितिको निकै कसरत र मेहनतले गर्दा बुधबार अधिवेशन सम्पन्न भयो ।
कुर्सी फालाफाल देखि हात हालालास समेत भएपछि मात्र अधिवेशन सर्व सहमतिमा सम्पन्न भयो । बुधबार भएको अधिवेशनबाट अध्यक्ष पदमा श्यामबाबु यादव निर्विरोध निर्वाचित भएका छन् । युनियनको बुधबार सम्पन्न छैटो जिल्ला अधिवेशनबाट यादवको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा वसन्त खतिवडा निर्वाचीत भएका छन् ।
खतिवडा २०६० सालमा ओखलढुंगामा सस्थापक सचिब पदमा रहि जिम्मेवारी सम्हालेका थिए । निरन्तर सकृय पत्रकारितामा रहेर हालसम्म काम गर्दै आईरहेको छ । खतिवडा २०६४ साल देखि २०६८ साल सम्म बाराका पहिलो दैनिक पत्रिका कृपामा कार्यकारी सम्पादकको रूपमा रहि काम गरेका थिए । साथै खतिवडा हाल न्युज २४ टेलिभिजन र नयाँ पत्रीका मा कार्यरत रहेका छन् ।
भने सह उपाध्यक्षमा अनिल कुमार साह, सचिवमा साजिर मन्सुर ,कोषाध्यक्षमा वसन्त शर्मा सर्व सहमति चयन भएको छ । त्यसतै सदस्यमा अविनास आचार्य, नवलकिशोर साह, चन्दनकुमार चन्दन, रवीन्द्र कुमार साह, विनय राज शर्मा, धिरेन्द्र पनुहर, मिरा चाम्लिङ राई, रविता पासवान चयन भएको हो । सम्पन्न अधिवेशनबाट नै केन्द्रिय पार्षदमा उमेशलाल दास, अजयराज गौतम, गणेशराज रिजाल, शरदचन्द्र भट्टराई ( सुनिल गाउँले ) , सिकेन्द्र पासवान, निवेशकुमार तिमल्सीना, रेशम तिवारी, गूरुप्रसाद गौतम, सत्यप्रसाद श्रेष्ठ, रविन्द्र सिंह र अप्सरा पुडासैनी सर्व सहमतिबाट चयन भएको छ ।
साथै प्रदेश पार्षदमा राकेश पाण्डे, जयनारायण यादव, मुकेश यादव, भोजराज भट्टराई, रामेश्वर मेहता, सन्तोष पाण्डे, अनिल गुप्ता, पिंकी पासवान, नवराज चौलागाई, विरेन्द्र विश्वकर्मा, प्रियंका दास, संजीवकुमार मिश्रा र सृजा थापा चिर्वाचित भएको छ ।