रौतहट,रात्री बसले यात्रुबाहक टम्पुलाई ठक्कर दिदा टेम्पु चालक सहिँत ३ जनाको बिहीवार विहान मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, चन्द्रपुरका अनुसार काठमाण्डौंबाट सर्लाहीतर्फ जाँदै गरेका वागमती प्रदेश.०३—००१.ख.२०१ नम्बरको यात्रुबाहक रात्री बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश.२—०२—००१.ह.२१०९ नम्वरको यात्रु सवार टेम्पुलाई पुर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको बागमती चन्द्रपुर सडक खण्डको दुई वटा लच्काको बीचमा विहान ५ बजेको समयमा ठक्कर दिदा ३ जनाको मृत्यु भएको हो ।
टेम्पुमा सवार ४ जनामध्ये तीजनालाई घटनास्थलबाट अचेत अवस्थामा उपचारको लागि चन्द्रपुर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको ईलाका प्रहरी कार्यालय, चन्द्रपुरका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जयसवारले बताउनुभयो । उहाँले सर्लाही जिल्ला बागमती नगरपालिका २ सोल्टीका ढकबहादुर लुंगेली मँगर, प्रेम ठाडा मँगर र सोही स्थानका अटो चालक रवि मगरको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सबिना लुंगेली मगरको दुबै खुट्टामा गम्भीर चोट लागेको हुँदा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्ज पठाइएको डिएसपी जयसवारले बताउनुभयो । बस चालक सर्लाही इश्वरपुर नगरपालिका वडा नम्बर ७ का वर्ष ३५ का चन्दनकुमार सहित बसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।