नरेश गुप्ता
बरियारपुर,प्रहरीले बाराको देवताल गाउँपालिकाका एकै परिवारका ४ बालिकालाई भारतबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।
बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरिया निवासी नरेश साह गोढका चारजना नाबालिका छोरीहरु वर्ष १२ की काजल कुमारी, वर्ष १० कीे आंचल कुमारी, वर्ष ८ की अंजली र वर्ष ६ की नेहालाई छिमेकी राष्ट्र भारतको शिरिसियामा फेला पारी प्रहरीले नेपाल ल्याएर अभिभावकको जिम्मा लगाएको हो । बुवा नरेशले श्रावण २९ गते जिल्ला प्रहरी कार्यलय बारा अन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा छोरीहरु घरबाट बेपत्ता भएको भन्दै उजुरी दर्ता गराउनुभएको थियो । बालिकाहरु घरबाट कसरी सिमापारी भारतमा पुगे भन्ने बारेमा प्रहरीले विवरण खुलाएको छैन । घरबाट हराएका बालिकालाई भारतबाट उद्वार गरि ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।