सिकिन्द्र साह 
सिम्रौनगढ –  बारा जिल्ला पचरौता नगरपालिकाकाे कार्यलय बेनौलीमा बालश्रम तथा श्रमशाेषण निवारण र कार्य स्थल सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख रमेशकुमार यादव तथा विशिष्ट अतिथि प्रमुख प्रसास्किय अधिकृत रेस्म बहादुर सिंह जे जे वाइ सि संस्थाको अध्यक्ष भइया राम साह शिक्षा शाखा सन्योजक प्रमोद प्रसाद यादव डिपिसि संस्थाको  कार्यक्रम संयोजक नरेस साह वार्ड अध्यक्ष मनोज यादव दिनानाथ सहनि धेनुक पटेल मखबुल मियाँ अन्सारी कार्यपालिका सदस्य मधु देबि कलवारिण फुलकुमारि देबि समाजसेबि अकलेश यादव कार्यक्रम जे जे वाइ सि का जिल्ला संयोजक निवास बैठाले बोल्दै हामीले बालश्रम रोक्न सक्यो भने बाल अधिकार परिपुर्ति गर्नु पर्न अति आवश्यक रहेको छ ।
विभिन्न ठाउमा रहेकाे इटा भटामा काम गरिरहेकाे मानिसले अाफ्नो छोराछोरीलाइ इटा भटा मै काम गराइरहेको अवस्था छ। इटा भटामा काम गरिरहेकाे बालबालिकालाइ विद्यालय पठाउनुपर्ने अति अावशयक रहेकाे समेत मन्तबय व्यक्त गरेका थिए । कार्यक्रममा नगर प्रमुखले बोल्दै नगरपालिकामा इटा भटा तथा हाेटलमा स सना बालबालिकाले काम गरिरहेकाे अवस्थालाई नगरपालिका द्वरा न्यूनिकरण गर्न बैकल्पिक तरिका अपनाउनेछन ।
कम उमेर मै बिहै गरेर विभिन्न किसिम बिकृति फेलिदै गइरहेको अवस्थालाई न्यूनिकरण गर्न प्रयास समेत गरिरहेकाे समेत बताएका थिए । बालबालिकाकाे भबिस्यकाे सुरक्षाको लागि पचरौता नगरपालिकाकाे जनप्रतिनिधि तथा भद्रभलादमिको सहभागीतामा तालिम सम्पन्न भएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here