जियालाल चौधरी

कोल्हबी – बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको तेस्रो दिन हेटौंडा ११ मकवानपुर र बागमती ११ सर्लाही बिच भिडन्त भएको खेलमा ०-१ गोल को बिरुद्ध बागमती ११ सर्लाही  बिजय भएको छ । बागमती ११ सर्लाहीका जर्सी न.१३ का हुकुम राय माझीले खेल्को दोश्रो हाल्फको १४ मिनट जादै पहिलो गोल गरि आफ्नो टिमलाइ बिजय घोषित गराएको छ ।

 

 

 

बागमती ११ सर्लाहीका जर्सी न.१५ का श्याम पौडेललाई सिल, मेडल तथा प्रमाणपत्र प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो। अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो  पिपरा गोल्ड कपमा उदयपुर-११,युनाइटेड क्लब सिमरा,गतवर्षको बिजेता न.२ बाहिनी बर्दिबास (एपीएफ क्लब) र उपबिजेता सर्लाही-११ गरि अझै ४ वटा टिमहरुको सहभागी रहने र साथै आइतबारको खेल गतबर्षको उप-बिजेता सर्लाही ११ र  युनाइटेड क्लब सिमरा बिच प्रतिस्पर्धा हुने बारे आयोजक समितिले जनाए ।

 

 

 

 

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए । उप्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु  निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न।।

Leave a Reply