नरेश गुप्ता
बरियारपुर – प्रहरी  समुदाय साझेदारी कार्यक्रम अन्तर्गत बाराको सदरमुकाम  कलैयामा कोरोना भाईरस विरुद्ध  सचेतनामुलक कार्यक्रम  शनिबार  समपन भएको छ । बाराको प्रहरी  प्रमुख बिकास राज खनालको अध्यक्षता एवं नगर प्रमुख राजेश राय यादवको प्रमुख अतिथियमा कोरोना भाईरस विरुद्ध  सचेतना कार्यक्रम समपन भएको हो   ।
छिमेकी  राष्ट चिन बाट महामारीको रुपमा अन्य देशहरुमा कोरोना भाईरस सर्ने खतरा बढ्दै गएपछी नेपालमा पनि यसबाट बच्न उपायहरु रहेकोले सबैले मुखमा मास्क लगाउनु पर्ने , भिडभाडमा जांदा मास्क अनिवार्य  रुपमा लगाउनु पर्ने प्रहरी  प्रमुख बिकास राज खनालले बताउनु भयो ।  कोरोना भाईरस लाग्नु भन्दा अगावै यसको रोकथाम र बच्नु पर्ने बाराको प्रमुख जिल्ला  अधिकारी फणीन्द्र  मणि पोख्रेलले बताउनु भयो । 
कोरोना भाईरस विरुद्ध  निकालिएको सचेतनामुलक रैली कार्यक्रम  नगरको विभिन्न  क्षेत्रमा  परिक्रमा  गरि भरत चौक स्थित कोण सभामा परिनत भएको थियो ।  कोरोना भाईरस विरुद्ध  आम नागरिकमा यस्को बारेमा  रोकथाम गर्न जानकारी दिने उदेश्यले रैली कार्यक्रमको आयोजना  गरिएको थियो ।
आयोजित कोण सभामा कलैया अस्पतालको नियमित मेडिकल सुपरिटेन्डेन्ट  प्रेमसंकर चौरसियाले कोरोना भाईरस विरुद्ध  सहजीकरण  गर्नु भएको थियो । कोरोना भाईरस विरुद्ध  रैली कार्यक्रम  विभिन्न  संघ संस्थाको प्रतिनिधि , बिधार्थी , संचारक्रमिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply