हेटौंडा – मकवानपुर प्रहरीले गोली प्रहार गरी मंगलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मजफपुरमा ३५ बर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ बर्षीय अजैमल हवारी र ४५ बर्षीया जाहेरा खातुन रहेका छन् ।

 

 

 

हेटौँडा–११ थानाभर्याङमा प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार रोकी जाँच गर्न खोजेको थियो । कार नरोकी भैरवडाँडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । हवाई फायरबाट पनि कार नरोकिएपछि टायमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो ।

 

 

 

कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ वटा पोकामा लुकाई राखेको ३२ किलो गाँजा बरामद भएको बुधबार भएको पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए । उक्त कार मनहरी चेकपोष्ट, नेवारपानी चेकपोष्ट र लेवट चेकपोष्टमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

 

 

गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here