नेपाली समाज पितृसत्तात्मक समाज हो । यो समाजको संचरना नै पुरुषवादी सोचले बनेको छ । नेपालको सुरुवाती चरणमा त महिलाहरुको पनि कतै कतै बश्र्चश्व भएको जस्तो देखिन्छ । तर, समय परिवर्तनसंगै महिला प्रधान नेपाल हुन सकेन । शुरुमा त महिलाहरुलाई समाजको दोश्रो दर्जाको नागरिकको रुपमा लिने गरिन्थ्यो ।

 

 

अहिले केही परिवर्तन भएको छ । अहिले महिलाहरुको सवालमा महत्वपूर्ण कानुनहरु पनि बढेका छन् । महिलाहरुको पक्षमा बनेका सबै कानुन प्रभावकारी कार्यान्वन त भएका छैनन् तर भएका कानुनले केही राहत भएको छ । यद्यपी मधेशको सवालमा कुरा गर्दा अझैपनि महिलाहरु प्रताडित भइरहेका छन् ।

 

 

महिलाहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा अझैपनि हेंला गर्ने गरिन्छ । महिलामाथि कुनै न कुनै प्रकारको बिभेद छ । छोरीहरुप्रतिको हेराइमा परिवर्तन आउन सकेको छैन । त्यसैले बाराको निजगढ सहितका क्षेत्रमा संचालित छोरी शिक्षा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक छ ।

Leave a Reply