नरेश गुप्ता
बरियारपुर – विश्व कुष्ठ राेग दिवसको अवसरमा महागढीमाईमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । महागढीमाई नगरपालिका अन्तर्गत स्वास्थ शाखाको आयोजनामा निकालिएको विश्व कुष्ठरोग दिवस नगर परिक्रमा गरिएको थियो । कुष्ठरोग विरुद्ध हाम्रो अभियान भेदभावको अन्त्य मानव अधिकारको सम्मान मुल नाराको साथ विश्व कुष्ठरोग दिवस मनाईएको हो ।
हरेक बर्ष २६ जनवरिको दिन नेपाल लगायत अन्य देशहरुमा विश्व कुष्ठरोग दिवस मनाईने गरिएको छ । स्वास्थ शाखा प्रमुख नियमित प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहाको अगुवाईमा निकालिएको विश्व कुष्ठरोग दिवसलाई सम्बोधन गर्दै कुष्ठ रोगिलाई हेला होईन माया गर्नु पर्ने जानकारी गराईएको थियो ।
कुष्ठरोगी लाई पनि समान गर्नु पर्नेमा जोड दिईएको थियो । कुष्ठ रोग औषधीबाट निको हुने रोग भएकोले यसलाई भेदभावको नजरले नहेर्न आग्रह गरिएको थियो । सो अवसरमा स्वास्थ शाखाको अजय सिह , महिला स्वयसेविका , बिधार्थिहरुको सहभागिता रहेको थियो । विश्व कुष्ठरोग दिवस बारा लगायत सबै स्थानीय तहमा १६ ओ बिश्व कुष्ठरोग दिवस मनाईएको छ ।