कृपा संवाददाता
निजगढ – निजगढ नगरपालिका कार्यालय नयाँ भवनमा सरेको छ । नगरपालिकाको वडा नं ७ स्थित टेमनाथ मार्गमा करिब ११ कठ्ठा जग्गामा नव निर्मित सुविधा सम्पन्न भवनमा सोमबारबाट कार्यालय सरेको हो । अबदेखि नगरपालिकाको सम्पूर्ण प्रशाशनिक कार्य सोही भवनबाट हुने भएको छ ।
२०७२ सालबाट निर्माण शुरु गरिएको उक्त २ तले पक्कि भवन निर्माण गर्न ३ करोड बढि रकम लागेको प्रमुख प्रशाशकिय अधिकृत बिशकशेन ढकालले जानकारी दिनुभयो । हाल प्रयोग भईरहेको भवनमा भने वडा कार्यलय रहने ढकालले बताउनुभयो । त्यहा वडा नं ७ को वडा कार्यालय सर्ने निश्चित प्राय भएको र अन्य वडा कार्यलय सार्ने बिषयमा छलफल अघि बढेको पनि वहाँले जानकारी दिनुुभयो ।