नरेश गुप्ता
बरियारपुर – श्रद्धालुहरुको मोबाईल , नगद चोरी गरि भाग्ने क्रममा एक जना भारतिय नागरिकलाई सशस्त्र प्रहरीले सिमा क्षेत्रबाट पक्राउ गरेको छ । भारत बिहार सितामढी जिल्ला बैरगिनिया निवासी सुशील सिह नाम बताउने भारतिय नागरिक चोरिको मोबाइल र नगद सहित पक्राउ परेको छ ।
सशस्त्र प्रहरी बोडर आउट पोष्ट कवही गोठको टोलिले चेकजाँच गर्दा मोबाइल एक थान भारतिय रुपैया ११ हजार ३ सय ७० र नेपाली रुपैया ११ हजार ४ सय श्रोत खुलाउन नसकेको अवस्थमा निजलाई पकाउ गरिएको सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेतीले बताउनु भयो ।
गढीमाईमा मकर सक्रान्तिमा लाग्ने मेलामा मोबाईल नगद सहित पक्राउ परेको ब्यक्तिको साथबाट भारतिय नागरिक नथुनी पासवानको नाममा अधार कार्ड , रासन कार्ड , एटियम बरामद गरिएको थियो । पक्राउ परेको सिहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय बाराको जिम्मा लगाईएको छ ।