अनलि तिवारी
सिमरा – जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले जीतपुर बजारमा मास्क बितरण गरेको छ । विश्व ब्यापी रुपमा माहामारिको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षती रहन आफ्ना वडाबासिलाई वडा कार्यालयले मास्क वितरण गरेको हो ।
वडा कार्यालय अगाडी एक कार्यक्रमको आयोजना गर्दै वडा अध्यक्ष रामबाबु गुप्ताले करिब ४ हजार थान मास्क वितरण गर्नुभएको छ । कोरोनाको माहामारि भएको भन्दै विभिन्न ब्यवसायीले मास्कको कृतिम अभाव गरेको भन्दै सर्वसाधारणलाई यो वितरण गरीएको उहाँले जानकारी दिनुभयो । मास्क बितरणको समय पहिला कोरोना भाईरसबाट बच्न प्रत्येक १ घण्टामा साबुन पानीले हात धुन अनुरोध गर्दै साबुन पानीले हात धुने तरीका समते सिकाइएको थियो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्यहरु मोहरम मंसुर, दुर्गा रिजाल, ज्ञानी पासवान, जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघका महासचिव शिवजी साह सोनार, नेपाली कांग्रेसकी महिला नेतृ नारायणी रायमाझी, स्थानिय नेता अफताब आलम, श्रीराम साह लगाएतको उपस्थिती रहेको थियो ।