बिदुर खडका
डुमरवाना,सरकारले दिदैआएको सामाजिक सुरक्षा भत्ता विपन्न समूदायका बृद्धबृद्धाहरुको लागि अत्यन्तै प्रभावकारी देखिएको लाभग्राहीहरुले बताएका छन ।प्रतेक ३ महिना बैंकमार्फत पाइने बृद्ध भत्ताले धेरैको घर व्यवहार र खाँचो टरेको जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीकी बृद्ध माईली माया तामाङ्ग बताउनुहुन्छ ।दैनिक झण्डै १३६ रुपैयाका दरले पाइने सो भत्ताले खाजा, नास्तादेखि घररिवारको खाँचो र चाडपर्व खर्चसमेत चलेको तामाङ्ग बताउनुहुन्छ । बेसाहाराहरुको लागि सामाजिक सुरक्षा भत्ताले बाच्ने आधार दिएको उहाँको भनाई छ ।३ महिनामा एकमुस्ट १२ हजार भत्ता आएपछि गाउँघरको व्यापारसमेत चलायमान भएको तामाङ्गको भनाई छ ।‘पहिला भत्ता नपाउँदा रहर लागेको मिठो मसिनो खानेकुरा किनेर खान समस्या हुन्थ्यो, घरकै आँटोपिठो खाएर गुजरा चलाइन्थ्यो, तामाङ्गले भन्नुभयो, अब त नगद हातमा भएपछि मन लागेको खानेकुरा किन्न र बाहिर शहर बजार घुम्न जान पनि सकिन्छ ।’

Leave a Reply