निजगढ,निजगढ नगरपालिकाले करदाता पोर्टल संचालनमा ल्याएको छ । मेयर सुरेशकुमार खनालले सोमबार पोर्टल सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले करदाताहरुलाई अनलाईन प्रणालीमा जोड्दै नगरपालिकाको सेवालाई स्मार्ट बनाउनको लागि अनलाईन पोर्टलमार्फत राजश्व भुक्तानी गर्न मिल्ने बनाएको हो ।

यसअघि नगरपालिका कार्यालयमा मात्र संचालनमा रहेको अनलाईन राजश्व भुक्तानी प्रणाली अब नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरुमा संचालन आएका छन । सर्वसाधारण सेवाग्राहीहरुले ईसेवा, खल्ती, आईपिएसमार्फत पोर्टलबाट राजश्व भुक्तानी गर्न सक्नेछन ।

स्मार्ट सिटिको अवधारणा अनुरुप नगरपालिकाको सेवा सुविधालाई स्मार्ट बनाइएको निजगढका मेयर खनालले बताउनुभएको छ । मेयर खनालले सेवाग्राहीहरुले घरमै बसेर नगरपालिकाको सेवा उपलब्ध गर्न पाउने सुविधा उपलब्ध गराएको बताउनुभयो ।

पोर्टल शुभारम्भ कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत सुमनकुमार कार्कीले अनलाईन प्रणालीमार्फत हुने भुक्तानीले कार्यालयमा सुशाशन कायम गर्न ठुलो भूमिका निर्वाह गर्ने बताउनुहुदै निजगढ नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित बनाउन पोर्टलको महत्व रहेको बताउनुभयो । पोर्टल संचालनको लागि नगरपालिकाको र्राजश्व उपशाखाले नगरपालिकाका सम्पूर्ण वडाका वडा सचिवहरुलाई अनलाईन सम्पति कर, नगदी तथा ईपेमेन्ट सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

ईपेमेन्ट संचालनमा ल्याउने निजगढ नगरपालिका बारा जिल्लाको पहिलो पालिका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here