वीरगञ्ज, १५ असोज ।
पर्सा जिल्ला लागु औषध कारोबारीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । खुला सिमाना र सहज आउजाउका कारण तस्करहरुले वीरगञ्जलाई ट्रान्जिट प्वाइन्ट बनाएकाहुन् । पछिल्लो समय वीरगञ्जबाट हरेक दिनजसो लागुऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । चालु आर्थिक वर्षको तीन महिनामै ९० जनाभन्दा बढी लागुऔषध कारोबारमा संलग्नहरु पक्राउ परेका छन् । यसले वीरगञ्ज कारोबारीको ट्रान्जिट प्वाइन्ट बनेको देखाएको हो । ारतस“गको खुलासिमा र कमजोर सुरक्षासंयन्त्रका कारण कारोबारीहरुले सजिलै लागुऔषध ओसार पसार गर्ने मार्गको रुपमा वीरगञ्जलाई छानेको पाईन्छ ।

जिल्लाप्रहरी कार्यालयको हिरासत गृहमा हेर्ने हो भने पक्राउ परेका अधिकांस लागुऔषध कारोबारमै संलग्न भएकाहरु छन् । कारोबारको अभियोगमा पक्राउ परेकाहरुमा अधिकांस ३० वर्ष भन्दा कम उमेरका युवाहरु रहेका छन् । नेपाल तर्फबाट गा“जा, चरेश, अफिम भारततर्फ लैजाने र उताबाट ब्राउनसुगर तथा नाइट्रोभेट, फेनार्गन, नुर्फिन, कोरेक्स जस्ता औषधिजन्य लागुऔषध यता ल्याउने गरेको पाइएको हो । प्रहरीको तथ्यांक हेर्ने हो भने पनि कारोबारको अभियोगमा पक्राउ पर्नेहरु गएको वर्ष भन्दा दोब्बरले बढेका छन् ।
लागु औषधको ओसारपसार नियन्त्रणका लागि सुरक्षाजा“च कडाई गरिरहेको भए पनि खुला सीमानाका कारण पूर्ण रुपमा नियन्त्रणमा लिन नसकिएको सुरक्षा संयन्त्रको बुझाइ छ । देशकै ठूलो भन्सार कार्यालय रहेको, आयात निर्यातका धेरै कामयही बाट हुने गरेको र खुला सीमा पनि भएकाले लागुऔषधको कारोबार पूर्ण नियन्त्रणमा ल्याउन कठिनाई भइरहेको जिल्लाप्रहरी कार्यालय पर्साका प्रवक्ताप्रहरी नायवउपरीक्षक दिपक गिरी बताउ“छन् ।
कारोबारमा संलग्नहरु कतिपय कुलतमा फसेका प्रयोगकर्ता छन् भने कतिपय भरियाका रुपमा कामगर्नेहरु रहेको पाइएको छ । कारोबारीले वीरगञ्जलाई लागु औषध ओसारपसारको सुरक्षित ट्रान्जिट प्वाइन्ट बनाउन नदिन प्रहरी सक्रिय भएर लागेको प्रहरीको भनाई छ । आफूहरुको सक्रियताले नै लागुऔषधको कारोबारमा संलग्नहरु समातिएको प्रहरी नायव उपरीक्षक गिरी बताउ“छन् । लागुऔषध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्न कठिनाई भएपनि नियन्त्रण गर्न सीमानाकामै चेकजा“च कडा पार्नुपर्ने देखिन्छ ।


















