हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी मकवानपुरको तेस्रो बैठकले पार्टीका नेताहरुको जिम्मेवारी वाँडफाड गरेको छ । पार्टीे मकवानपुरको प्रतिनिधि सभा, प्रदेश सभाका निर्वाभन क्षेत्र, दश वटै स्थानीय तह, विभागिय जिम्मेवारी र संगठन तर्फको जिम्मेवारी समेत दिइएको नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो ।

 

 

 

आज नेकपा मकवानपुरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै जिम्मेवारी वाँडफाँडको बारेमा जानकारी दिएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका सहइन्चार्ज रामेश्वर रानाले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पुरा गर्नुपर्ने वताउनुभयो ।

 

 

 

 

लोकतन्त्रलाई आत्मसाथ गरेर काम गर्नका लागि उहाँले सवैलाई आग्रह गर्नुभमएको छ । कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले पार्टी भन्दा माथी कोही पनि नहुने भएकाले यसै अनुसार काम गर्नका लागि आग्रह गर्नुभएको छ । अव छिट्टैनै स्थानीय तहको प्रशिक्षण गर्ने वताउँदै उहाँले भन्नुभयो–‘घोषणा पत्रमा उल्लेख गरेका काम स्थानीय तहले गर्नुपर्छ । पुस महिना भित्रमा स्थानीय तहले गरेका कामको समिक्षा गर्ने तयारीमा हामी छौ ।

 

 

 

कार्यक्रममा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, जिल्ला स्तरका विभीन्न संगठन विभागका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । नेकपा मकवानपुरको वैठकले गरेको जिम्मेवारी वाँडफाँड यस्तो रहेको छ ।

Leave a Reply