राजनकुमार बानिया
पोखरिया, साउन ७ – प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वार्ड नं ७ बहुअर्वाभठ्ठामा संचालन हुदै आएको भट्टी टोडफोड गरी अवैध मदिरा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरिया र बहुवर्वाभाठाको संयुक्त टोलीले बहुवर्वाभाठा गाउँ निवासी प्रभु साह कलवारले अवैध रुपमा संचालन गरेको २ वटा घरेलु मदिरा भट्टी नस्ट गरेको हो ।
प्रहरीले उक्त स्थानबाट करिव २०० लिटर तयारी मदिरा र कच्चा पदार्थ ३ हजार ५०० सय लिटर बरामद गरी नष्ट पारेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रसिंहले जानकारी दिनुभयो ।
प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग हुने केही उपकरणसमेत बरामद गरिएको बताएको छ।